शनिबार साँझ बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको कोरोनाको विवरण


हेटौंडाः बागमती प्रदेशमा नेपालको ४० प्रतिशत कोरोनाका सङ्क्रमितहरु रहेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । देशभर कोरोना सङ्क्रमितको सङ्ख्या ८४ हजार ५ सय ७० जना पुग्दा बागमती प्रदेशमा मात्रै ३३ हजार ७ सय ९६ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुषोत्तम सेढाईले बताउनुभयो ।

बागमती प्रदेशमा १९ हजार ६ सय ५६ जनाले कोरोना भाइरसलाई जितेका छन् भने २ सय ३ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । देशभर रहेका कुल सङ्क्रमित मध्ये बागमती प्रदेशमा ४० प्रतिशत सङ्क्रमित रहेको उहाँको भनाई छ । हाल बागमती प्रदेशमा १३ हजार ९ सय ३७ जना सक्रिय सङ्क्रमित उपचाररत रहेका छन् ।