युवराज विश्वकर्मा

हर कोहि को मनलाइ समाएर, परिबर्तनको बाटोमा
डोहोर्‍याउने होस्, मेरा कविताका हरफहरु !

निको हुन अन्धकारको घाउ,
चहर्याउने होस, मेरा कविताका हरफहरु !

पढ्दा पढ्दै आँसु खसालुन
गल्ती महसुस गर्दै कसैले,
देशद्रोही सङ्ग लड्नु छ तर
हतियार छैन म सङ्ग त्यसैले,
अन्यायमा लड्न सक्ने साहसी अपार होस,
मेरा कविताका हरफहरु !

बदनाम नै होस मेरो अस्तित्व
यसमा कुनै गुनासो छैन,
तर देशको इज्जत माथी
कुनै आँच पुग्नु हुदैन,
सगरमाथामा नेपाली झन्डा उठाउने होस,
मेरा कविताका हरफहरु !

विजेतामा नेपाली धुन गाउने होस,
मेरा कविताका हरफहरु ..!!