हेटौंडाः नेपाली कांग्रेस निकट युवा सजगता अभियानको बागमती प्रदेश कार्यसमिति गठन भएको छ । नेपाली कांग्रेसले केही समय अगाडि प्रदेशको संयोजकको जिम्मेवारी पुनम लामालाई दिएको थियो । सोही अनुसार संगठन विस्तार गर्ने अभियानमा आज बागमती प्रदेश कमिटीले पूर्णता पाएको संयोजक लामाले जानकारी दिनुभयो ।

युवा सजगता अभियान बागमती प्रदेश कार्यसमितिको सदस्यहरुमा मकवानपुरका युबराज लामा, चितवनका अनमोल अधिकारी, धादिङका रामहरी अधिकारी, सिन्धुलीका युवराज गुरुङ, काभ्रेपलाञ्चोकका राजेन्द्र तामाङ चयन हुनुभएको छ ।

युवामा राजनीतिक वितुष्णालाई कम गराउने, देशमै रोजगारीको अवसर खोज्ने, शिपमुलक तालिम र दक्ष जनशक्ति निर्माण गरी उद्यमशिलता बनाउने लक्ष्यसहित युवा सजगता अभियान स्थापना भएको बागतमी प्रदेशका संयोजक पुनम लामाले बताउनुभयो ।