हेटौंडाः मकवानपुरमा आज ४९ जनामा कोरोना पुष्टि भएको हो । हेटौंडा उपमहानगरपालिकाको आयूर्वेद तथा जनस्वास्थ्य प्रवर्धन शाखाले आज बिहान ३४ जनामा कोरोना पुष्टि भएको विवरण सार्वजनिक गरेको थियो भने आज साँझ थप १५ जनामा पुष्टि भएको जनाएको छ ।
आज साँझ हेटौंडा उपमहानगरपालिकाका १२ जना, मनहरी गाउपालिकाका २ जना र जितपुर सिमराका १ जनामा कोरोन पुष्टि भएको हो । त्यसैगरी आज बिहान हेटौंडा उपमहानगरपालिकाका ३२ जना, बकैयाको १ जना, थाहा नगरपालिकाका १ जनामा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले बताउनुभयो ।