Home मुख्य समाचार मकवानपुरका युबराज लामा युवा सजगता अभियान बागमती प्रदेश सदस्यमा चयन

मकवानपुरका युबराज लामा युवा सजगता अभियान बागमती प्रदेश सदस्यमा चयन

हेटौंडाः नेपाली कांग्रेस निकट युवा सजगता अभियानको बागमती प्रदेश कार्यसमिति गठन भएको छ । नेपाली कांग्रेसले केही समय अगाडि प्रदेशको संयोजकको जिम्मेवारी पुनम लामालाई दिएको थियो । सोही अनुसार संगठन विस्तार गर्ने अभियानमा आज बागमती प्रदेश कमिटीले पूर्णता पाएको संयोजक लामाले जानकारी दिनुभयो ।

युवा सजगता अभियान बागमती प्रदेश कार्यसमितिको सदस्यहरुमा मकवानपुरका युबराज लामा, चितवनका अनमोल अधिकारी, धादिङका रामहरी अधिकारी, सिन्धुलीका युवराज गुरुङ, काभ्रेपलाञ्चोकका राजेन्द्र तामाङ चयन हुनुभएको छ ।

युवामा राजनीतिक वितुष्णालाई कम गराउने, देशमै रोजगारीको अवसर खोज्ने, शिपमुलक तालिम र दक्ष जनशक्ति निर्माण गरी उद्यमशिलता बनाउने लक्ष्यसहित युवा सजगता अभियान स्थापना भएको बागतमी प्रदेशका संयोजक पुनम लामाले बताउनुभयो ।

Exit mobile version