मामाघर नेपालका संरक्षक अर्पण पराजुलीलाई सहयोग रकम हस्तान्तरण गर्नुहुँदै सहकारीकी अध्यक्ष निर्मला कुमारी लम्साल ।

हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडले संस्थाको आठौं स्थापना दिवसको अवसरमा आज हेटौंडाको मामाघर नेपाललाई आर्थिक सहयोग गरेको छ ।

सहकारीले हेटौंडा–११, डाङ्डुङेमा रहेको सडक बालबालिकाको उद्दार, संरक्षण र परिवारमा पुनर्मिलन गर्दै आएको मामाघर नेपाललाई एक दिनको खाना बराबरको रकम ५ हजार रुपैयाँ सहयोग गरेको साना किसान कृषि सहकारीकी अध्यक्ष निर्मला कुमारी लम्सालले जानकारी दिनुभयो । सहकारीकी अध्यक्ष लम्सालले मामाघर नेपालका संरक्षक अर्पण पराजुलीलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । सहयोग प्रति मामाघर नेपाल मकवानपुरले धन्यावाद व्यक्त गरेको छ । सहयोग हस्तान्तरण कार्यक्रममा सहकारीका पदाधिकारी तथा कर्मचारी सहभागी थिए ।