पहिरोमा परी मरेका बाख्राहरु ।

हेटौंडाः मकवानपुरको रक्सिराङ गाउँपालिकामा लगातारको वर्षाका कारण पहिरो जान थालेको छ । अहिले पनि गाउँपालिकाको अधिकांश स्थानमा पानी परिरहेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिनुभयो ।

लगातार परेको पानीको कारण हिजो मंगलबार राक्सिराङ गाउँपालिका वडा नम्बर ६ को सिलिंगेमा पहिरोले बगाएर १७ वटा बाख्रा मरेका छन् । सुकबहादुर चेपाङको १७ वटा बाख्रा जंगलमा चराएर घर ल्याउँदै गर्दा बाटैमा पहिरो गएर बगाएको हो । बाख्रा भन्दा केही पछाडी भएकोले सुकबहादुरलाई केही भएको छैन । गाउँपालिकाको अन्य स्थानमा पनि पहिरो गइरहेको हुनसक्ने र यकिन जानकारी नआएको गाउँपालिका अध्यक्ष मल्ल बताउनुहुन्छ । पानी परिरहेका कारण प्रहरी राक्सिराङ जान नसकेको इलाका प्रहरी कार्यालय मनहरीले जानकारी दिएको छ । अहिले मकवानपुर जिल्लाका अधिकांश स्थानमा पानी परिरहेको छ ।