सांकेतिक तस्वीर । तस्वीर : गुगल ।

हेटौँडा : महिला पत्रकार माथि दूव्र्यवहार गर्ने पत्रकार विकास बञ्जाडेलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । गत चैत २९ गते नेपाल पत्रकार महासंघको केन्द्रीय समिति बैठकमा सहभागी हुन हेटौँडा आएका बञ्जाडेले चैत २८ गते महिला पत्रकारमाथि दूव्र्यवहार गरेका थिए ।

बञ्जाडे सोमबार आफैं प्रहरीको सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो । महिला पत्रकारमाथि दूव्र्यवहार भएको घटना बाहिरिए लगत्तै नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले बञ्जाडेलाई केन्द्रीय सदस्य पदबाट निलम्बन गरिसकेको छ । चैत ३० गते महासंघका सचिव रमेश खतिवडाले एक विज्ञप्ति जारी गर्दै बञ्जाडेलाई नैतिक आचरणसम्बन्धी गम्भीर प्रश्न उठेको भन्दै केन्द्रीय समितिको बैठकबाट केन्द्रीय सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको जानकारी गराउनुभएको थियो ।