हेटौंडाः नेपालमा आज ११२० जना कोरोना भइरस सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३२० महिला र ८०० पुरुषमा सङ्क्रमण देखिएको जानकारी दिनुभयो ।
यससँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ४१ हजार ६ सय ४९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टाको अवधिमा १११२ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै ३५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।