Home मुख्य समाचार पछिल्लो २४ घण्टामा ११२० जना कोरोना सङ्क्रमित थपिए, १११२ जना सङ्क्रमणमुक्त

पछिल्लो २४ घण्टामा ११२० जना कोरोना सङ्क्रमित थपिए, १११२ जना सङ्क्रमणमुक्त

हेटौंडाः नेपालमा आज ११२० जना कोरोना भइरस सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३२० महिला र ८०० पुरुषमा सङ्क्रमण देखिएको जानकारी दिनुभयो ।

यससँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ४१ हजार ६ सय ४९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टाको अवधिमा १११२ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै ३५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

Exit mobile version