हेटौँडा : पूवी मकवानपुर बकैया गाउँपालिका–६ सुधामा करेन्ट लागेर एक जना घाइते भएका छन् । घाइते हुनेमा ४७ वर्षीय विजय भोलन रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

बिहीबार दिउँसो १२ बजेको समयमा गाउँघरमा विद्युतसम्बन्धी काम गर्दै आएका विजयले स्थानीय फुलमाया पाख्रिनको घरमा विद्युत जोड्ने क्रममा बिजुलीको पोलमा चढेका थिए । सोही क्रममा अचानक करेन्ट लागेर उनी पोलबाट खसेर मध्यम घाइते भएका छन् । उनको हेटौँडास्थित सिएमसी चुरेहिल अस्पतालमा उपचार भई रहेको छ ।