हेटौँडा : चितवन जिल्लाको भरतपुर महानगरपालिका–१० विशालचोकमा कारले ठक्कर दिँदा एक जना साइकल यात्रीको मृत्यु भएको छ । बिहीबार राती १२ बजेर ५० मिनेटको समयमा भरतपुर–११ बस्ने ४७ वर्षीया नारायणी रेग्मीलाई अनटेस्ट कारले ठक्कर दिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
दुर्घटनामा उनि गम्भीर घाइते भएको थिए । घाइते रेग्मीलाई उपचारका लागि चितवनस्थित नयाँ मेडिकल कलेज लगिएको थियो । उपचारको क्रममा शुक्रबार बिहान चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । कार चालक धादिङ जिल्लाको गल्छी गाउँपालिका–८ बस्ने २२ वर्षीय प्रकाश मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।











