अभिभावक दिवसमा नृत्य गर्दै विद्यार्थी ।

हेटौँडा : हेटौँडा–५, पिप्लेस्थित ज्ञानोदय बालबाटिका आवासीय माध्यमिक विद्यालयको अभिभावक दिवस सम्पन्न भएको छ । शनिबार विभिन्न सांस्कृतिक कार्यक्रमसहित विद्यालयको १४ औँ अभिभावक दिवस सम्पन्न भएको हो ।

विद्यालयकी प्रधानाध्यापक दीप्ति महतको सभाध्यक्षतामा भएको कार्यक्रममा पिजीदेखि कक्षा १० सम्मका विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुति दिएका थिए । कार्यक्रममा विद्यार्थीहरुले परम्परागत संस्कृतिदेखि आधुनिक गीतसंगीत प्रस्तुत गरेका थिए । कार्यक्रममा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) मकवानपुरका अध्यक्ष विनोद सुवेदीले शुभकामना मन्तव्य व्यक्त गर्दै अबको शिक्षा संस्कारयुक्त हुनु आवश्यक भएको बताउनुभयो । यसका लागि विद्यालयको प्रयासका साथै अभिभावकको भूमिका पनि महत्वपूर्ण हुने उहाँको भनाइ छ ।

अभिभावक दिवसमा विद्यार्थीहरुले शैक्षिक प्रदर्शनी गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुलाई शैक्षिक पुरस्कार वितरण गरिएको छ । अभिभावक दिवसको अवसरमा विद्यालयले अभिभावकहरुलाई पनि सम्मान गरेको छ । कार्यक्रममा प्रमुख अतिथि प्याव्सनका केन्द्रीय उपाध्यक्ष आशीष श्रेष्ठ, विशिष्ट अतिथि हेटौँडा उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख हरिचन्द्र सापकोटा र संगीतकार ओमप्रकाश राईसहित अभिभावकहरुको उपस्थिति रहेको थियो ।