हेटौँडा : मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरेस्थित जंगलेश्वर महादेव मन्दिर नजिकै पूर्व–पश्चिम सडकखण्डमा बसबाट लडेर गम्भीर घाइते भएका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ । गत माघ १० गते बिहान १० बजेर २० मिनेटको समयमा चितवनबाट हेटौँडास्थित शहीद स्मारकमा वनभोज खान आउँदै गरेको बा.प्र.०३–००१ ख १९७२ नम्बरको बसमा सवार चितवन जिल्लाको रत्ननगर नगरपालिका–६ बस्ने ६२ वर्षीय विष्णु बहादुर घिमिरे बस रोकेपछि शौचालय जान झर्ने क्रममा ढोकाबाट लडेर गम्भीर घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
घाइते घिमिरेलाई उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज लगिएको थियो । उचारको क्रममा घिमिरेको शुक्रबार बिहान ७ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ ।











