Home मुख्य समाचार गायन प्रतियोगितामा अपूर्व प्रथम

गायन प्रतियोगितामा अपूर्व प्रथम

प्रथम स्थान हासिल गर्नुभएका आचार्यलाई पुरस्कृत गरिँदै।

हेटौँडा : हेटौँडा–५ स्थित ज्ञानोदय बालबाटिका आवासीय विद्यालयले आयोजना गरेको अन्तर विद्यालयस्तरीय एकल गायन प्रतियोगितामा हेटौँडा–४ स्थित नवोदय शिशु सदनका अपूर्व आचार्य प्रथम हुनुभएको छ।

कला साधक भीम विरागको स्मृतिमा शुक्रबार विद्यालय परिसरमै भएको प्रतियोगितामा हेटौँडा–५ स्थित जेनिथ इन्टरनेशनल स्कूलका इशान पौडेल द्वितीय, हेटौँडा–१० स्थित सोलिड्यारिटी इन्टरनेशनल एकेडेमीकी अष्का खातुन तृतीय हुँदा बालजागृति ईंग्लिस सेकेण्डरी स्कूलका आर्मन कार्की सान्त्वना भएका छन्। प्रतियोगितामा २० वटा विद्यालयबाट ३१ जना विद्यार्थी सहभागी थिए।

चौथो संस्करणको प्रतियोगितामा सहभागी विद्यार्थीले नेपाली स्वदेश गान तथा आधुनिक गीत गाएका थिए। प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः १० हजार, ७ हजार ५ सय, ५ हजार रुपैयाँ २ हजार ५ सय रुपैयाँसहित ट्रफी प्राप्त गरे।

प्रतियोगितामा लोचन भट्टराई र ओमप्रकाश राईले निर्णायकको भूमिका निर्वाह गर्नुहुनेछ। ज्ञानोदय बालवाटिका आवासीय विद्यालयका संस्थापक प्रिन्सिपल श्याम कुमार बानियाँको अध्यक्षता तथा संगीतकार बुलु मुकारुङको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा भीम विराग संगीत साहित्य कला प्रतिष्ठान नेपालका अध्यक्ष केशवलाल श्रेष्ठको पनि आतिथ्य रहेको थियो।