कोरोना सङ्क्रमितको हौसला बढाउन खाजाका लागि मस्रुम सुप र विस्कुट हस्तान्तरण गर्नुहुँदै अधिकारी दम्पत्ति ।

हेटौंडाः हेटौंडा–७, नागस्वतीका हेम अधिकारीले आफ्नो जन्मदिनमा हेटौंडा–१५, रातोमाटेस्थित दिव्यसेवा निकेतनमा आश्रित ज्येष्ठ नागरिकहरुलाई एकछाक खाना र हेटौंडा–६, गौरिटारस्थित आइसोलेसन वार्डमा उपचाररत कोरोना भाइरस सङ्क्रमितहरुलाई खाजा खुवाउनु भएको छ ।

आज जन्मदिनको अवसरमा ज्येष्ठ नागरिकको सम्मानमा खाना तथा कोरोना सङ्क्रमितको हौसला बढाउन खाजाका लागि मस्रुम सुप र विस्कुट उपलब्ध गराएको अधिकारीले जानकारी दिनुभयो । व्यवसायी अधिकारीले समुदायका राम्रा कामको सम्मान र प्रोत्साहनका लागि आफ्नो जन्मदिनको अवसरमा सहयोग गरिएको बताउनुभएको छ ।