सांकेतिक चित्रः गुगल ।

हेटौंडाः हेटौंडा–१९ की ७१ वर्षीया कोरोना सङ्क्रमित एक वृद्धाको आज बिहान मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा आज बिहान वृद्धााके मृत्यु भएको अस्पतालका निर्देशक दयाराम लम्सालले पुष्टि गर्नुभएको छ । उहाँमा भाद्र ७ गते स्वास प्रश्वासमा समस्या भएपछि जटिल अवस्थामा अस्पतालको आकस्मिक कक्षमा भर्ना भएर कोरोना परिक्षण गर्दा पोजेटिभ आएको थियो ।

वृद्धाको शवको व्यवस्थापन चितवनमै नेपाली सेनाले गर्ने हेटौंडा उपमहानगरपालिका १९ नम्बर वडा अध्यक्ष नरनाथ सुवेदीले जानकारी दिनुभएको छ । वृद्धाको उपचारमा प्रत्यक्ष संलग्नको कोरोना परीक्षण तथा सम्पर्कमा रहेका अन्य व्यक्तिको पनि पहिचान गरी कोरोना परीक्षण गरिने वडा अध्यक्ष सुवेदीले बताउनुभएको छ ।