हेटौँडा : नेपाल ज्योतिष परिषद् जिल्ला कार्यसमिति मकवानपुरले नयाँ नेतृत्व चयन गरेको छ । शनिबार सम्पन्न अधिवेशनबाट अध्यक्षमा ध्रुवप्रसाद सापकोटा चयन हुनुभएको छ ।
यादव राज बराल, नारायणप्रसाद पौडेल र चेतबहादुर स्याङतान उपाध्यक्ष निर्वाचित हुनुभएको छ । सचिवमा जीवराज बख्रेल चयन हुनुभएको छ भने नवीन नेपाल र नन्दप्रसाद घिमिरे सहसचिव चयन हुनुभएको छ । केशवप्रसाद सापकोटा कोषाध्यक्ष निर्वाचित हुँदा गोकर्ण पराजुली सहकोषाध्यक्ष चयन हुनुभएको छ । कार्यसमिति सदस्यमा रामेश्वर धिताल, अनमोल धिताल, देवकृष्ण घिमिरे, पिताम्बर ढकाल, राजेन्द्र ढुंगाना, गहन खतिवडा, मौसम ढकाल, केशव आचार्य, तुलसा नैपाने, डिकनाथ पौडेल, शिवप्रसाद पौडेल र भरतबहादुर सिलवाल चयन हुनुभएको छ ।
नवनिर्वाचित कार्यसमितिले जिल्लामा ज्योतिषशास्त्र संरक्षण, सम्वद्र्धन तथा व्यवस्थित विकासमा सक्रिय भूमिका खेल्ने प्रतिवद्धता जनाएको छ । ज्योतिषीय ज्ञानलाई वैज्ञानिक र व्यवहारिक ढंगले समाजसम्म पु¥याउने, युवापुस्तालाई यस क्षेत्रमा आकर्षित गर्ने तथा धार्मिक–साँस्कृतिक मूल्य, मान्यता संरक्षणमा योगदान पु¥याउने लक्ष्य लिइएको जनाइएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल ज्योतिष परिषद् केन्द्रीय अध्यक्ष केशवप्रसाद धितालले जिल्ला कार्यसमितिमा युवा ज्योतिषको उल्लेखनीय सहभागिता रहेको भन्नुहुँदै यसले संस्थालाई थप सशक्त, क्रियाशील र अग्रगामी बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले युवाको सक्रिय सहभागिताले ज्योतिषशास्त्रलाई आधुनिक सोच, नयाँ ऊर्जा र वैज्ञानिक दृष्टिकोणसँग जोड्न मद्दत पुग्ने बताउनुहुँदै यसले संस्थाको गरिमा र प्रभाव दुवै बढाउने धारणा राख्नुभयो ।
अध्यक्ष धितालले अनुभवी ज्योतिष र नयाँ पुस्ताबीच समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गर्नुहुँदै यस्तो सहकार्यले संस्थालाई राष्ट्रियस्तरमा माथि पुर्याउने आधार तयार हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले ज्योतिषहरुलाई निरन्तर अध्ययन, अनुसन्धान र सेवामुखी कार्यमा सक्रिय रहन आग्रह गर्नुहुँदै परिषद् सधैं उनीहरुको क्षमता विकास र मार्गदर्शनका लागि साथमा रहने प्रतिवद्धता पनि व्यक्त गर्नुभएको छ ।











