हेटौंडाः मकवानपुरमा आज थप २० जनामा कोरोना पुष्टि भएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २ सय ८० पुगेको छ । आज हेटौंडा उपमहानगरपालिका १२ जना र मनहरी गाउँपालिकाका ८ जनामा थप कोरोना पुष्टि भएको हो ।
हिजो साँझ बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले तयार पारेको प्रतिवेदन अनुसार मकवानपुरमा २ सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो । पछिल्लो २ सातादेखि मकवानपुरमा पनि कोरोनाको सङ्क्रमण दर बढ्दै गएको छ ।