सांकेतिक चित्रः गुगल ।

हेटौंडाः मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–३ स्थित सामरी खोलाले बगाउँदा मकवानपुरगढी गाउँपालिका–३ का लालबहादुर सुनारको मृत्यु भएको छ ।

आज बिहान दुध पुर्‍याउन गएका ५७ वर्षीय सुनारलाई सामरी खोलाले बगाउँदा मृत्यु भएको ईलाका प्रहरी कार्यालय मकवानपुरगढीका ईन्चार्ज प्रहरी नायव निरीक्षक कृष्ण केसीले जानकारी दिनुभएको छ । प्रहरीका अनुसार मकवानपुरगढीको डुम्रेकुनामा दुध पुर्‍याएर फर्किएका सुनुवारलाई सामरी खोलाले बगाएको हो । अहिले सुनुवारको शवको मुचुल्का उठाउने कार्य भइरहेको र मुचुल्कापश्चात पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिने बताइएको छ ।