हेटौँडा : सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका–७ डाँडागाउँमा बाटोमा लडेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ३३ वर्षीय उमेश भुजेल रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
बुधबार राती ८ बजेको समयमा भुजेल कार्की परिवारको कुलपूजामा प्रसाद खान गएका थिए । बिहीबार बिहान ४ बजेको समयमा भुजेल घर नजिक बाख्रा बाँध्ने थलो नजिकै लडेको अवस्थामा फेला परेका थिए । उनलाई उपचारका लागि खाल्टेस्थित आत्मीय सामुदायिक अस्पताल लगिएकोमा बिहान ९ बजेर ४५ मिनेटको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।







