हेटौँडा : हेटौँडा बजार क्षेत्रको २५ मिटर सडक भत्काउन सुरु गरिएको छ । सडक डिभिजन कार्यालय हेटौंडाले ७/८ वटा जेसिवी प्रयोग गरेर सडक सिमा खाली गराउने काम शनिबार बिहानबाट सुरु गरेको हो ।
सडक सिमा भित्रको २५/२५ गज क्षेत्र खाली गराउने गरी हेटौंडा–१० राप्तीरोडबाट घरहरु भत्काउन सुरु गरिएको थियो । सुरक्षाकर्मीको बाक्लो उपस्थितिका बीच कार्यालयले सडक विस्तार कार्य सुरु गरेको हो । कार्यालयले महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको ९.५ किलोमीटर सडक क्षेत्रमा निर्माण भएका सार्वजनिक निजी संरचना हटाउने तयारी गरेको हो । बिहानै राप्तीरोड, बुद्धचोक हुँदै मेनरोडका घरहरु भत्काउने कार्य सकाइसकेको छ ।











