हेटौँडा : हिउँद लागेसँँगै मकवानपुरको मनहरी गाउँपालिकास्थित राप्तीखोला पार गर्न बाटो बनाइँदै । स्थानीयले राप्तीखोला पार गर्न ह्युम पाइप राखेर बाटो बनाउने गरेका छन् ।
वर्षासँगै राप्ती खोलाको बहाव बढेपछि ह्युम पाइप निकालेर राख्ने गरिएको छ । कतिपय अवस्थामा ह्युम पाइप बाढीले बगाउने गरेको छ । पूर्व–पश्चिम राजमार्गबाट मनहरी गाउँपालिका–५ जोड्न राप्तीखोलामा अस्थायी बाटो बनाइएको हो ।











