हेटौँडा : ८ ‘ए’ साइड महिला फुटबल प्रतियोगिताको सेमीफाइनल समिकरण पूरा भएको छ । बिहीबार तीन वटा खेल भएसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको हो ।
बिहीबार भएको पहिलो खेलमा रातोमाटे युथ क्लबले बकैया एफसीलाई २–१ को गोलअन्तरले हराउँदै सेमिफाइनलमा पुगेको छ । बकैयाका लमिन बोम्जनले १ गोल गरेपनि टिमलाई हारबाट जोगाउन सकेनन् । कल्पना जिम्बा प्लेयर अफ द म्याच भइन् । यसैगरी दोस्रो खेलमा समूह चितवनको एम्बास्डर्स फुटबल नेपालले पर्साको विरगंज स्पोर्टस् एकेडेमीलाई १–० र हेटौँडा फुटबल एकेडेमीले चितवनको हेल्पफुल साइमन स्पोर्टस क्लबलाई १–० गोलअन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । एम्बास्डर्स फुटबल नेपालकी पुजा सुनार र हेटौँडा फुटबल एकेडेमीकी सुस्मिता घिसिङ आ–आफ्ना टिमका लागि १/१ गोल गरेका थिए । प्लेयर अफ द म्याच बनेकी तीनै जनाले १÷१ हजार नगदसहित प्राप्त गरेकी छिन् ।
आज शुक्रबार हुने पहिलो सेमिफाइनल खेलमा रातोमाटेले कमाने एकेडेमीसँग भिड्दै छ भने अर्को खेलमा एम्बास्डर्स फुटबल नेपाल र हेटौंडा फुटबल एकेडेमी भिड्दै छ ।











