हेटौँडा : नेपालका लागि इजरायली राजदूत स्मुलिक आरी बासले हेटौँडा–९ स्थित मानवसेवा आश्रमको केन्द्रीय कार्यालयमा दुई दिने अनौपचारिक भ्रमण गर्नुभएको छ । आश्रमको अन्तर्राष्ट्रिय संयोजन विभागको निमन्त्रणामा राजदूत बासले मंगलबार र बुधबार आश्रमको अवलोकन तथा त्यहाँको सेवाबारे जानकारी लिनुभएको हो ।
भ्रमणका क्रममा राजदूत बासलाई आश्रमका उपाध्यक्ष उमा भण्डारीले वस्तुस्थिति बारे सहजीकरण गर्नु भएको थियो । पत्नीसहित आउनुभएका राजदूत बासले असोज २८ गते आश्रममै रात्रिबास गर्नुभएको थियो भने असोज २९ गते काठमाडौं फर्कनुभएको थियो । राजदूत दम्पत्तिले आश्रममा आश्रितलाई खाना समेत खुवाएका थिए । मानवसेवा आश्रमले बेसहारा तथा अशक्तहरुको सेवा गर्दै आइरहेको छ ।











