हेटौँडा : चितवन जिल्लाको खैरहनी नगरपालिका–१, ज्यामिरेमा काम गर्ने क्रममा लडेर घाइते भएका पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषा जिल्लाको मिथिला नगरपालिका–९, घर भई हाल ज्यामिरेमा रहेको भान्जा होटलका संचालक ४२ वर्षीय सोमबहादुर परियार रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
बिहीबार बिहान ७ बजेर ३० मिनेटको समयमा होटलमा काम गर्ने क्रममा लड्दा सोमबहादुर घाइते भएका थिए । घाइते सोमबहादुरको भरतपुर सरकारी अस्पतालमा उपचार पश्चात डिस्चार्ज गरिएको थियो । सोमबार स्वास्थ्यमा समस्या भए पश्चात उपचारका लागि भरतपुर सरकारी अस्पताल लगेकोमाबिहान ७ बजेर ३० मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । अनुसन्धानको क्रममा परियारले मादक पदार्थ सेवन गर्ने गरेको पाइएको छ ।











