हेटौँडा : हेटौँडा–१५, हटियामा रहेको शिवम सिमेन्ट कम्पनी लिमिटेडमा काम गर्ने क्रममा करेन्ट लागेर एक जना भारतीय पुरुष घाइते भएका छन् । घाइते हुनेमा भारत देशको रौदास क्रही गाउँ बस्ने ३० वर्षीय सलमान खान रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

सोमबार बिहान ११ बजेर ४० मिनेटको समयमा केबलको काम गर्ने क्रममा तार सट भई करेन्ट लाग्दा सलमान घाइते भएका थिए । घाइते सलमानको हेटौँडा अस्पतालमा उपचार भई रहेको छ भने अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ ।