हेटौँडा : बागमती प्रदेशसभा बैठक आज बस्दैछ । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आज (१५ भदौ)का लागि बैठक आह्वान गर्नुभएको हो ।
प्रदेशसभा सचिवालय हेटौँडाले आज दिउँसो २ बजेका लागि बैठक आह्वान गरिएको हो । प्रदेश सभाको छैटौँ अधिवेशनअन्तर्गत बाह्रौँ बैठक प्रदेश सभा नियमावली, २०७४ को नियम ६ बमोजिम आह्वान गरिएको सचिवालयले जनाएको छ ।
उक्त बैठकमा प्रदेश मामिला समितीमा विचाराधिन अवस्था रहेको २ विधेयकको प्रतिवेदन पेश हुने कार्यसुची रहेको सभामुख पाठकले बताए । उनका अनुसार उक्त बैठकमा प्रदेश चिठ्ठा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश चलचित्र सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको समितीको प्रतिवेदन पेश हुनेछ । बैठकमा विषेश समय र शुन्य समयको कार्य सुचि रहने सभामुख पाठकले बताउनुभयो ।











