हेटौँडा : १८औं पुस्तकालय दिवसको अवसरमा हेटौँडा–५ स्थित पुष्पलाल स्मृति पुस्तकालयका लागि एक सेट कम्प्युटर सहयोग गरिएको छ। साहित्यसेवी मुक्तिगोविन्द वैद्यले कम्प्युटर सहयोग गर्नुभएको हो ।
आइतबार पुस्तकालय परिसरमै वैद्यले पुस्तकालयका अध्यक्ष डीबी बर्तौलालाई कम्प्युटर हस्तान्तरण गर्नुभएको छ। पुस्तकालयलाई प्राप्त कम्प्युटर पुस्तकको अभिलेख राख्न र पुस्तकालयको नियमित काममा उपयोग गरिने अध्यक्ष बर्तौलाले बनाउनु भयो ।
हेटौँडा उपमहानगरपालिकाले साहित्य संगम मकवानपुरसँगको सहकार्यमा पुष्पलाल स्मृति पुस्तकालय व्यवस्थापन तथा सन्चालन गर्दै आएको छ ।









