हेटौंडाः मनहरी गाउँपालिकाको सूर्यकिरण युवा क्लबले फुटबल प्रशिक्षण सुरु गरेको छ । मनहरी गाउँपालिका वडा नम्बर ५ स्थित बसन्तपुरमा आजबाट फुटबल प्रशिक्षण सुरु गरिएको सूर्यकिरण युवा क्लबका अध्यक्ष बीरबहादुर मिजारले जानकारी दिनुभयो ।

स्थानीय केही युवाहरुबाट आर्थिक रकम संकलन गरी दिपेन्द्र अधिकारी र दिपक लामाले फुटबल साम्रगी सहयोग गरेसँगै प्रशिक्षण सुरु गरिएको अध्यक्ष बीरबहादुर मिजारले बताउनुभयो । ३ महिनासम्म चल्ने फुटबल प्रशिक्षणमा हाल ३६ जना प्रशिक्षार्थी रहेका छन् ।

हेटौडा एकेडेमीका प्रशिक्षक भिम लामाले उनीहरलाई प्रशिक्षण गराउने र कोरोना महामारीको बिच प्रशिक्षक लामालाई आवतजावतमा समस्या हुनेभएपछि सोही स्थानमा बसोबासको व्यवस्था मिलाइएको अध्यक्ष मिजारले जानकारी दिनुभयो ।