हेटौंडा–५, पिप्लेमा निर्माणाधीन कभर्डहल ।

हेटौंडाः हेटौंडाको पुरानो फुटबल क्लब एफसी इन्टरनेट क्लबका अध्यक्ष मनिष श्रेष्ठले हेटौंडा–५, पिप्लेमा निर्माणाधीन कभर्ड हल निर्माणका लागि ५० हजार रुपैयाँ सहयोग गर्नुभएको छ । श्रेष्ठले आज ५० हजार रुपैयाँ सहयोग गर्नुभएको हो ।

सहयोगी मनिष श्रेष्ठ ।

पिप्ले युवा क्लबका अध्यक्ष सुशील घिमिरेको अगुवाईमा निर्माणाधीन कभर्ड हलका लागि दैनिक जसो विभिन्न व्यक्तिहरुले सहयोग गरिरहेका छन् । व्यक्ति, समूह र संघ, संस्थाको सहयोगमा बहुउपयोगी कभर्डहल निर्माणको अन्तिम चरणमा पुगेको छ ।