हेटौंडा : मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–४ मा निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण शिविर हुने भएको छ । काठमाडौंको दक्षिणकाली नगरपालिका–१ स्थित स्वास्थ्य केभिन रोहण स्मृति पर्या प्रतिष्ठानले आगामी भदौ १४ गते निःशुल्क स्वास्थ्य परीक्षण एवम् औषधि वितरण शिविर गर्ने भएको हो ।
शिविरमा जनरल फिजिसियन, स्त्रीरोगसम्बन्धी परीक्षण, हाडजोर्नी सम्बन्धी जाँच, भिडियो एक्स–रे, छाती तथा फोक्सोसम्बन्धी जाँच गरिनेछ । साथै, बालरोग विशेषज्ञद्वारा बालबालिकाको जाँच, रगत परीक्षण र दाँत परीक्षण गरिनेछ । शिविरमा निःशुल्क औषधि वितरण गर्नुका साथै निःशुल्क आँखा जाँच, सुगर परीक्षण र दिशापिसाब परीक्षण गरिनेछ । शिविर बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म सञ्चालन हुनेछ । जाँचका लागि बिहान ९ बजेदेखि १ बजेसम्म नाम दर्ता गराउन पाइनेछ ।











