हेटौँडा : हेटौँडा–१८, हर्नामाडीस्थित ज्योति माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) ले ५९ औं स्थापना दिवस मनाएको छ । आइतबार विद्यालयले शिक्षक, विद्यार्थी सम्मान, विद्यालय परिसरमा एभोकाडोको विरुवा रोपेर स्थापना दिवस मनाएको विद्यालयका प्रधानध्यापक पूर्णचन्द्र काफ्लेले जानकारी दिनुभयो ।
कार्यक्रममा माध्यमिक शिक्षा परीक्षा र विद्यालय शिक्षा परीक्षामा विद्यालयबाट सर्वोत्कृष्ट जिपिए ल्याउने विद्यार्थीहरु सलिना सुवेदी र सुजिता विश्वकर्मा, आफुले पढाउने विषयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल शिक्षक युवराज लोप्चन, उपेन्द्र पौडेल, कपिलप्रसाद पराजुली, राजेन्द्र बराललाई सम्मान गरिएको थियो । यस्तै स्थापना दिवसकै अवसरमा विद्यालय परिसरमा एभोकाडोको विरुवा रोपिएको छ । स्थापना दिवस समारोहमा वडा अध्यक्ष अनिल कुमार बानियाँको पनि उपस्थिति रहेको थियो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष हर्क रम्तेलको सभाध्यक्षता तथा वडा अध्यक्ष अनिकुमार बानियाँको प्रमुख आतिथ्यमा स्थापना दिवस कार्यक्रम भएको हो । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरकी सदस्य विष्णुमाया थपलिया, वडा सदस्यहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारीको उपस्थिति रहेको थियो ।











