देवराज तिवारी

म देख्दै छु भिन्न परिवेश नौलो
म लेख्दै छु बेग्लै सन्देश नौलो

छ देशै अनौठो मुखौटा अनेकौँ
लाग्दै छ अहिले त विशेष नौलो

ठगेरै गएका गए माथि माथि
बेहोर्नु त छँदै छ त्यो ठेस नौलो

मदहोसी बनेका बारका मेनका
सुनकेस्रा रानी झैँ छ केस नौलो

भेट्दछ कानुन सत्य जो बोल्द छ
दिन्छ त्यो फसाउन आदेश नौलो ।