हेटौंडाः भीमफेदी गाउँपालिका–१ का धनकुमार भोम्जनको उपचारका लागि नेकपा भीमफेदीले आर्थिक सहयोग गरेको छ । मेरुदण्ड भाँचिएर उपचाररत भोम्जनको आर्थिक अवस्था कमजोर भएका कारण उपचारका लागि ५९ हजार ७ सय रुपैयाँ सहयोग गरिएको हो ।

भोम्जन अहिले हेटौंडास्थित हेटौंडा अर्थोपेडिक अस्पतालमा उपाचाररत छन् । नेकपा भीमफेदी गाउँपालिका अध्यक्ष सानु थापाको नेतृत्वमा शुक्रबार नेकपा भीमफेदी गाउँपालिका सह–इन्चार्ज पच्चमाया स्याङ्तान, भीमफेदी गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष जहार सिंह लामा र नेकपा भीमफेदी गाउँपालिका १ नम्बर वडा कमिटी अध्यक्ष रामेश्वर थिङ, नेकपाका युवा नेता सागर पाण्डे लागयतको समूह अस्पतालमै पुगेर भोम्जनलाई सहयोग रकम हस्तान्तरण गरिएको हो ।