लागूऔषध गाँजासहित पक्राउ परेका अम्मर बहादुर तामाङ ।

हेटौँडा : हेटौँडा–१५, रातोमाटेबाट लागुऔषध गाँजासहित एक जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । बुधबार साँझ साढे ६ बजेको समयमा हेटौँडा–१५ रातोमाटेस्थित प्रहरी चेकपोष्टबाट प्रहरीले १०५ किलो ९ सय ग्राम लागूऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको जनाएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको सो सडक खण्डमा सवारी साधनहरु रोकेर सुरक्षाजाँच गर्ने क्रममा हेटौंँडाबाट कलैयातर्फ जाँदै गरेको बा प्र ०१–०३० च १०४६ नम्बरको पिकअप गाडीमा लुकाई ल्याएको गाँजा प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार गाँजासहित गाडी चालक दोलखा जिल्लाको जिरी नगरपालिका–१ का ३२ वर्षीय अम्मर बहादुर तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको छ ।