लागूऔषधसहित पक्राउ परेका सुशील श्रेष्ठ ।

हेटौँडा : लागूऔषध ट्रमाडोलसहित मकवानपुर प्रहरीले मनहरी गाउँपालिका–८ का सुशील श्रेष्ठलाई पक्राउ गरेको छ ।

बिहीबार राती ११ बजेर ४५ मिनेटको समयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौँडा–१० बसपार्कमा सडकमा शंकास्पद रुपमा हिँडिरहेका सुशीलको साथबाट लागूऔषध ट्रमाडोल ७८ ट्याब्लेट र ट्रियाड ५८ ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ । सुशीललाई हिरासतमै राखेर प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।