हेटौंडाः मकवानपुरको पश्चिमक्षेत्र मनहरी–चैनपुर सडक खण्डको आँपखोल्सीको पहिरो हटाई मर्मत पश्चात सञ्चालनमा आएको छ । पहिरो हटाएर बाटो मर्मत गरेर आइतबारदेखि बाटो सुचारु भएको गाउँपालिकाले जनाएको छ ।

करिब ३ साताअघि आँपखोल्सी पुल नजिकै ठूलो पहिरोका आएका कारण बाटो अवरुद्ध बनेको थियो । बाटो सुचारु भएसँगै राक्सिराङ गाउँपालिकाबाट मनहरी आउजाउ गर्न सहज भएको छ । मनहरीबाट राक्सिराङ गाउँपालिकाको मुकाम चैनपुर पुग्न ५ किलोमिटरको मात्रै दूरी रहेकोमा पहिरोका कारण मनहरीको ज्यामिरे, सिम्पानी, देउकोट, सरिखेत हुदै मनहरी खोला झोलुङ्गे पुल हुदै तरेर जानुपर्ने बाध्यता थियो ।