हेटौंडाः एकल महिला समूह मकवानपुरको प्रथम जिल्ला अधिवेशन भएको छ । शनिबार हेटौंडा–११ स्थित संस्थाको आफ्नै भवनमा हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना कुमारी लामाको प्रमुख आतिथ्यमा अधिवेशन भएको हो । अधिवेशनले टिका कुमारी पौडेलको अध्यक्षतामा जिल्ला समिति चयन गरेको छ ।
समूहको उपाध्यक्षमा शान्त विक, महासचिवमा शारादा चौलागाई, सचिवमा सुनिता पराजुली, कोषाध्यक्षमा निर्मला पौडेल र सदस्यहरुमा खिला कुमारी लामिछाने, अष्ठमाया श्रेष्ठ, कमला थिङ र दुर्गा अर्याल चयन भएका छन् । त्यस्तै समूहको आमन्त्रित सदस्यमा जुनकिरी पुडासैनी चयन हुनुभएको छ । पहिलेको तदर्थ समितिलाई केही परिवर्तन गरेर समिति चयन गरिएको एकल महिला समूह मकवानपुरका सल्लाहकार बुद्धि प्रसाद अधिकारीले जानकारी दिनुभयो ।