प्रहरीले फेला पारेको ट्रक सम्बन्धित धनिलाई हस्तान्तरण गर्दै

हेटौँडा : हराएको २ वटा ट्रक फेला मकवानपुर प्रहरीले ट्रक धनिलाई बुझाएको छ । गत मंगलबार हेटौँडा–१२, का ४१ वर्षीय ईश्वर बलामीले हेटौँडा–११, नवलपुर स्थित ग्यारेजमा पार्कीङ गरी राखेको ना ३ ख ७३२० नम्बर ट्रक र हेटौँडा–३, बस्ने ४६ वर्षीय हरि बहादुर डंगोलले बिहीबार आफ्नै घर अगाडीबाट चोरी भएको भएको भनि निवेदन दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानएको छ ।

चोरी भएका दुवै ट्रक प्रहरीले खोजतालस गर्दै जाँदा चितवन जिल्लाको खैरहानी नगरपालिका–९, स्थित पूर्व–पश्चिम लोकमार्ग सडकखण्डको किनारमा फेला पारेको थियो । प्रहरीले फेला पारेको ट्रक सम्बन्धित धनिलाई शनिबार बुझाएको जनाएको छ । चोरीमा संलग्न व्यक्तीहरुको खोजतलास भई रहेको प्रहरीले जनाएको छ ।