लोकको नाउँमा आज यो लोकतन्त्र झेल भो ।
नेताको दाउमा आज यो लोकतन्त्र खेल भो ।।
कति रक्त बह्यो कुन्नि बेहिसाब सँगै यहाँ ।
परन्तु व्यर्थमै सारा यो लोकतन्त्र फेल भो ।।
निर्वाचन भए धैरै निर्वाचित पनि भए ।
पाके झैं कागलाई नै यो लोकतन्त्र बेल भो ।।
जनको नाउँमा थुप्रै राजनीति भए पनि ।
अनिर्णित भयो मुद्दा यो लोकतन्त्र जेल भो ।।
ठगिए जनता सोझा, लुटियो मूल्य, मान्यता ।
बाठा र चतुरालाई यो लोकतन्त्र सेल भो ।।