— आचार्य ॐ कारेश्वरानन्द अवधूत

प्रतिरक्षा प्रणालीः हाम्रो शरीरको रोगको प्रतिकार गर्ने क्षमतालाई प्रतिरोधक शक्ति भनिन्छ । इम्युन सिस्टम बलियो भएको अवस्थामा कुनै पनि बाहिरी वा भित्री रोग कारक तत्व वा जीवाणु तपाइको शरीरमा घर गरेर रोग उत्पन्न गर्न सक्दैन । रगतमा रहेका सेतो रक्तकण कोषहरु (डव्लुबिसि) लसिका रस (लिम्फ) र लसिका ग्रन्थिहरु लिम्फि इल्याण्डहरु रोग बिरुद्ध लड्ने तत्वहरु छन् । ती सेल्सहरुले हाम्रा प्रहरीहरु छन् । व्याक्टेरिया, परजीवी प्यारासाइट वा भाइरसहरुलाई शरीरमा बढेर बलियो बनेर रोग लाग्न दिँदैनन् ।

रोगका जीवाणुलाई मार्ने उपायः आधुनिक चिकित्सा विज्ञान वा एलोप्याथीको सिद्धान्त हो । रोग जिवाणु (प्याथोजिन) लाई खोज्ने र त्यसलाई मार्ने नै एकमात्र उपाय हो । रोग निको गर्नका लागि अथवा रोगप्रतिरोध शक्ति बढाउन खोप (भ्याक्सिन) को आविष्कार गर्ने विदेशी स्वास्थ्य विज्ञानको आधार नै हिस्सा हो । तर मनुष्यको औषधि खोज्ने वा खोप तयार भन्दा प्रकृतिको रोग जीवाणुहरुको आफ्नो शक्ति बढाउने गति बढी छ । मान्छेले प्रकृतिलाई जित्न सक्दैन । पुरानो भाइरसलाई मार्ने भ्याक्सिन वा दवाइ खोज्दा खोज्दै त्यस भाइरसले नयाँ अवतार लिएर अझै बढि क्षमता लिएर आक्रमण गर्दछ । त्यसैले पुरानो दवाइहरु नया“ रोगहरु चल्दैन । मनुष्य असहाय छ ।

प्राकृतिक निदानः अतः बाहिरी उपायहरु (रोगका जीवाणुलाई मार्ने) छाडेर रोगप्रतिरोध क्षमता वा प्रतिरक्षा प्रणाली बढाउने र कार्यरत गर्नु नै असल उपचार हो । यसमा हाम्रो पारस्परिक स्वास्थ्य विज्ञान आयुर्वेद वा हजुरआमाको सामान्य ज्ञान र संस्कृतिमा आधारित आचरणका नीति नियमहरुले हाम्रो सहि मार्गदर्शन गर्नेछ । प्रथम सो हाम्रो प्रतिरक्षा कहा“सम्म बलियो छ । त्यो जान्नु पर्दछ र त्यसअनुसार प्राकृतिक उपाय अपनाउनु पर्दछ ।

तपाईको प्रतिरक्षा कति बलियो छ ? आफ्नो इम्युनिटी कति सक्षम छ ? यो जान्नका लागि आफुलाई यी प्रश्नहरु सोध्नुहोस् र त्यसअनुसार अगाडि बढ्नुहोसः

१) तपाईको पेट दैनिक कम्तिमा एकपटक बिहानै सफा हुन्छ ।
२) तपाईको तौल सामान्य उमेर र उचाइ अनुसार हुनुपर्छ ।
३) तपाईलाई अल्छिपनले सताउदैन ।
४) तपाईको भोकको अवस्था प्राकृतिक रुपले तीव्र छ ?
५) रात्रीमा तपाइलाई निन्द्रा गहिरो र कम समयको छ ?
६) तपाईको शरीरमा कहि सहन नसक्ने गरी दुखाई छ ?
७) तपाई सधै प्रसन्नता र सकारात्मक महसुस गर्नुहुन्छ ?

आहार नियन्त्रण वा उपवास चिकित्साः स्वास्थ्यका चारवटा स्तम्भहरु आहार, बिश्राम व्यायाम र ब्रह्मचार्य (उच्च चिन्तन) मा आहार नियन्त्रणको बारेमा चर्चा गरौं । जापानको डाक्टर वैज्ञानिक योशीनुरी ओहशुमीले ‘अटोफेगी’ मा नोवेल प्राइज पाउनु भयो । उपवासको समय हाम्रो शरीरले रोगका जीवाणु मरेको र फोहोर द्रव्यलाई खाएर रोगप्रतिरक्षा शक्ति बढाएर रोगलाई निको पार्दछ । मान्छे उपवासले मर्दैन, रोग मर्छ । यस पवित्र साउन महिनामा व्रत उपवास गर्दछन् । तर विधि अनुसार वैज्ञानिक उपवास गर्न कमैले जान्दछ ।

त्यसैले लाभको सट्टा हानी नै भएको देखिन्छ । के हो वैज्ञानिक उपवास ? भनाइ छ उपवास गर्नु मुर्खलाई पनि थाहा हुन्छ । तर उपवास तोड्नु मात्र ज्ञानीले जान्दछ । भन्नाले उपवास गरेपछि एकदमै सामान्य र भारी भोजन गर्नु हानिकारक छ । उपवास बस्नुको पहिला दिनको आहार पनि सोचेर गर्नुपर्दछ । त्यसैले सबभन्दा ज्ञानीलाई मात्र थाहा हुन्छ उपवास कसरी आरम्भ गर्ने ? भोलि उपवास छ भनेर आज दिनभरी वा रात्री भोजनमा भारी अन्न पदार्थ र गरिष्ठ खाना ठसेर टम्मपेट भरेपछि उपवासको दिन गाह्रो हुन्छ । त्यसैले सयम र विचारपूर्वक उपवासको पुर्वयोजना गर्नुपर्दछ ।