हेटौंडाः अन्तर्राष्ट्रिय स्वयंसेवी संस्था रोटरी इन्टरनेशनलमा आवद्ध रोटरी क्लब अफ मकवानपुरले साउन १५ गते खिरखाने दिनको अवसरमा हेटौंडा–९, लामसुरेधापस्थित मानवसेवा आश्रममा आश्रितलाई खिर खुवाएको छ । आज बिहीबार बिहान एक कार्यक्रमका बीच आश्रममा आश्रित एक सय ६७ जनालाई खिर खुवाएको हो ।
रोटरी क्लबका सचिव कृष्णबहादुर कार्कीको संयोजनमा भएको खिर खुवाउने कार्यक्रम क्लबका अध्यक्ष कविन सांगामीको अध्यक्षता तथा क्लबका पूर्व अध्यक्ष पुरनबहादुर जोशीको प्रमुख आतिथ्य रहेको थियो । हेटौंडा–२ निवासी सचिन अमात्य र सविन अमात्यले पनि बुबा शिवहरि अमात्यको स्मृतिमा रोटरी क्लबको कार्यक्रममा सहयोग गरेका छन् । खिर खुवाउने कार्यक्रममा रोटरी क्लबका पूर्वअध्यक्ष विजयलाल श्रेष्ठ र रोट्र्याक्ट क्लब अफ मकवानपुरका अध्यक्ष महेन्द्र राना मगरको पनि उपस्थिति रहेको थियो ।