हेटौँडा : मकवानपुरको बागमती गाउँपालिका–३, घट्टेदमारका कान्छा तामाङको घर जलेर पूर्ण रुपमा नष्ट भएको छ । आइतबार दिउँसो ३ बजेको समयमा चिरुवा सल्लेनी सामुदायिक वनमा लागेको आगोका कारण कान्छाको घरमा आगलागी भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
आगलागीबाट कान्छाको १ तल्ले कच्ची घर पूर्णरुपमा जलेर नष्ट भएको छ । आगलागीबाट घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाँडाकुँडा जलेर २ लाख बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ । स्थानीयको सहयोगमा आगो ५ बजेको समयमा पूर्णरुपमा नियन्त्रणमा लिइएको थियो । आगलागीबाट मानवीय तथा चौपाया भने क्षति नभएको प्रहरीले जनाएको छ ।