हेटौँडा : हेटौँडा–१, चौकीटोलमा रुखबाट लडेर घाइते भएका पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा ६२ वर्षीय भरत बहादुर आले मगर रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
शुक्रबार दिउँसो १ बजेर २० मिनेटको समयमा भरत बहादुर आफ्नै आँगनमा सरिफाको रुखबाट लडेर गम्भीर घाइते भएका थिए । घाइते भरतबहादुरको हेटौँडा अस्पताल सामान्य उपचार पश्चात थप उपचारका लागि चितवनस्थित चितवन मेडिकल कलेज भरतपुर लगिएको थियो । उपचारको क्रममा आइतबार बिहान १० बजेर ५५ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ ।