स्व. बिर्खबहादुर थापा ।

हेटौँडा : हेटौँडा उपमहानरपालिका ८ नम्बर वडाध्यक्ष रामकृष्ण थापालाई पीतृशोक परेको छ । ७३ वर्षीय बुबा बिर्खबहादुर थापाको शुक्रबार बिहान ४ बजेको समयमा घरमै निधन भएको हो ।

स्वास्थ्य समस्याका कारण केही महिनादेखि बुबा उपचाररत हुनुहुन्थ्यो । बुबाको शुक्रबार बिहान हेटौँडा–९ स्थित त्रिवेणीधाममा अन्त्येष्टि गरिएको छ ।