सहमति पत्र आदानप्रदान गरिँदै ।

हेटौँडा : निर्वाचनको विषयमा असहमति जनाउँदै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले मकवानपुर बहुमुखी क्याम्पसमा लगाएको ताला खोलेको छ । स्ववियु निर्वाचन समितिसँगको छलफलबाट सहमति भएसँगै बुधबार बिहान नेविसंघले ताला खोलेको हो ।

नेविसंघ मकवानपुर बहुमुखी क्याम्पस समितिका सभापति बुद्ध ब्राह्मा समूहले फागुन २२ गते स्ववियु निर्वाचन समितिको सचिवालयमा तालाबन्दी गरेको थियो । चैत ५ गतेका लागि तय भएको निर्वाचन भयरहित, स्वतन्त्र र निष्पक्षरुपमा सम्पन्न गर्न, गराउन नेविसंघ र निर्वाचन समितिबीच सहमति भएसँगै ताला खोलिएको हो ।