कार्डियो सेवाको उद्घाटन गर्नुहुँदै प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा ।

हेटौँडा : मकवानपुरको हेटौंडा अस्पतालमा मुटु रोग सम्बन्धी उपचार सेवा विस्तर गरिएको छ । मंगलबार एक कार्यक्रमका बिच प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले अस्पतालमा मुटु रोग सम्बन्धी उपचार सेवा (कार्डियो) उद्घाटन गर्नुभएको छ ।

तत्कालका लागि बहिरंग सेवा मार्फत् मुटु रोग सम्बन्धी उपचार सेवाको थालनी गर्ने गरी उक्त सेवा अस्पतालमा विस्तार गरिएको हेटौंडा अस्पतालका निमित्त मेडिकल सुपेरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालमा हाललाई सामान्य उपचार सेवा थालीने उहाँले बताउनुभयो ।

टिचिङ अस्पतालमा छात्रवृत्तीमा अध्ययन गरेका मुटु रोग विशेषज्ञ डा. विकेश श्रेष्ठलाई सेवाका लागि हेटौंडा अस्पताल खटाएसंगै हेटौंडा अस्पतालमा सेवाको विस्तार गरिएको मेसु डा. सापकोटा बताउनुभयो । रोटरी क्लब अफ मकवानपुरले उपलब्ध गराएको १ करोड बराबरको उपकरण प्रयोगमा ल्याएर सेवा थालनी गरिएको उहाँले बताउनुभयो । अस्पतालमा उपकरण संचालनको लागि विशेषज्ञ डा. नहुँदा उक्त उपकरणहरु विगत डेढ वर्षदेखि थन्किएर रहेको थियो ।

मुटु रोग विशेषज्ञ डा. श्रेष्ठका अनुसार हाल बहिरंग सेवा मार्फत् मुटु रोग सम्बन्धी हल्टर, टिएमटी, इको, इसिजी लगायतका परिक्षण अस्पताल मार्फत हुने बताउनुभयो । मुटु रोग सम्बन्धी थप परिक्षण तथा शल्यक्रियाका लागि अन्य उपकरण र जनशक्ति आवश्यक रहने भएकाले सोको व्यवस्थापन गर्न जरुरी रहेको उहाँले बताउनुभयो ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार एवम् हेटौंडा अस्पताल संचालन तथा व्यवस्थापन समितका अध्यक्ष समेत रहेका दैनिक ५०० बढी जनशीक्र मार्फत् हेटौंडा अस्पतालमा विभिन्न सेवामा १ हजार ५०० जना विरामीलाई सेवा प्रदान गरिरहेको बताउनुभयो । उहाँले हेटौंडा अस्पतालको सेवा प्रवाहमा गुणस्तरसंगै विशेषत्र डाक्टरको सेवालाई थप विस्तारमा जोड दिएको बताउनुभयो ।

प्रतिष्ठान र अस्पतालले सिमित स्रोत र साधन मार्फत सेवा प्रवाहलाई प्रभावकारी बनाउने काम भइरहेको उहाँले बताउनुभयो । रजिष्टार गुरागाईका अनुसार अप्सतालमा विशेषत्र सेवा थप गर्ने र क्याथ ल्याव सेवालाई नयाँ भवन मार्फत सुरु गर्ने तयारी भइरहेको छ । पिजि प्रोग्राम संचालन गरी सो मार्फत ८ जना चिकित्सकलाई सेवामा खटाउने तयारी रहेको उहाँले बताउनुभयो ।

‘हेटौंडा अस्पताल विगतको तुलनमा निकै परिवर्तन भएको देखिन्छ । यद्यपी केही व्यवहारिक र प्राविधिक सुधारका काम गर्न बाँकी छ ।’ उहाँले भन्नुभयो, ‘प्रादेशिक अस्पताल तर्फको ३०० र प्रतिष्ठानको २०० शैयामा हेटौंडा अस्पताल संचालन गर्ने तयारी अनुसार प्रतिष्ठान अघि बढेको छ । अस्पताल र प्रतिष्ठानको तिक्तता र विवाद समाधान गर्न विभिन्न छलफल र बहसका काम भइरहेको छ । ऐन संशोधन गरेर विवाद व्यवस्थापन गर्ने काम प्रतिष्ठान र मन्त्रालय मार्फत् भइरहेको छ ।’

हाल हेटौंडा अस्पतालमा हाल ३ सिफ्टमा डाइलाइसिस सेवा प्रवाह भइरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार हाल अस्पतालमा आकस्मीक र अन्य विरामीको लागि छुट्टै २ ल्याव, आकस्मीक, बहिरंग तथा भर्ना र जेष्ठ नागरिकको लागि गरी ३ फार्मेसी संचालनमा रहेको छ । अस्पतालमा आइसियु र वार्डको फार्मेसी व्यवस्थापन गर्ने तयारी भई रहेको उहाँले बताउनुभयो । अस्पतालमा विग्रेका उपकरण मर्मत तथा सुधार गरी सेवा प्रवाहमा जोड्ने गरी काम भइरहेको उहाँको भनाई छ ।