विष्फोटक पदार्थसहित पक्राउ परेका घलान ।

हेटौँडा : विष्फोटक पदार्थसहित मकवानपुर प्रहरीले हेटौँडा–१९ का अमृत घलानलाई पक्राउ गरेको छ । सोमबार बिहान १० बजेको समयमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–३ स्थित प्रहरी चौकी बसामाडी अगाडि बस्तीपुरबाट हेटौँडातर्फ आउँदै गरेको ना ८ ख ४२१४ नम्बरको यात्रुवाहक बसमा सवार ४३ घलानको साथबाट विष्फोटक पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।

घलानको साथबाट बरामद भएको विष्फोटक पदार्थ ।

९० प्रिमियर ३२ एमएम एक्प्लोसिभ क्लास–२ लेखिएको विष्फोटक पदार्थ जस्तो देखिने गिलो पदार्थ एक थान, नियोजेल–९०१, क्याप सेन्सेटिभ इमल्सन एक्प्लोसिभ लेखिएको सुन्तला रंगको प्लाष्टिकमा रहेको बिष्फोटक पदार्थ जस्तो देखिने सेतो गिलो पदार्थ एक थान, विष्फोटक पदार्थ जस्तो देखिने सेतो गिलो पदार्थ २ थान, सुन्तला रंगको प्लास्टिकमा रहेको विष्फोटक पदार्थ जस्तो देखिने गिलो पदार्थ ३ थान, कालो रंगको टेपले बेरेर राखेको सेतो रंगको तार जोडेको विद्युतीय डेटोनेटर ६ थान, कालो टेपले बेरेर रातो सेतो रंगको तार जोडेको विद्युतीय डेटोनेटर २० थान, तार नजोडेको कालो टेपले बेरी राखेको डेटोनेटर १४ थान, डेटकोर्ड जस्तो देखिने ३ फिट ६ ईन्चको तार १ थान, ३ फिट ८ ईन्चको १ थान बरामद भएको प्रहरीले उल्लेख गरेको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।