हेटौँडा : मकवानपुर प्रहरीले अवैध सुनसहित एकजनालाई पक्राउ गरेको छ ।
आइतबार बिहान १०ः३० बजेको समयमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–१५, रातोमाटेमा बारा जिल्लाको कोल्वीबाट नारायणघाटतर्फ जाँदै गरेको ना ५ ख ५१२९ नम्बरको यात्रुवाहक बसलाई रोकी सुरक्षाजाँच गर्ने क्रममा बस चालक बारा जिल्लाको कोल्वी नगरपालिका–५ का ३३ वर्षीय जस जोशी चौधरीको साथबाट ४३.३८ ग्राम सुन बरामद गरेको प्रहरीले जनाएको छ । आजको बजार भाउअनुसार बरामद भएको सुन ६ लाख ३५ हजार २ सय २६ रुपैयाँ बराबरको भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले बरामद भएको सुनसहित चौधरीलाई राजश्व अनुसन्धान कार्यालय पथलैया पठाएको छ ।
